अमेरिकी तथा क्यानडाका नागरिकले युरोपको भ्रमणमा भिसा लगाउनुपर्ने सम्भावना देखिएको छ । युरोपियन युनियनले अमेरिकी तथा क्यानेडियनलाई भ्रमणका लागि भिसा अनिवार्य गर्ने तयारी गरेसँगै यस्तो सम्भावना बढेको हो ।
भिसा अनिवार्य गरेसँगै तिनीहरु छोटो छुट्टीमा युरोप गएको अवस्थामा पनि भिसा लगाउनुपर्ने हुन्छ । अमेरिका तथा क्यानडाको भिसा अपलाइ गर्नका लागि युरोपियन राष्ट्रका नागरिकको आवश्यकता परेको भन्दै सिमित राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न दिने युरोपियन अधिकारीहरुले बताएका छन् ।
त्यस्तै अमेरिका र क्यानडाका नागरिकले युरोप जान भिसा आवश्यक नपरे पनि पोलयाण्ड साइप्रस, रोमानियालगायतबाट अमेरिका जान भिसा अनिवार्य छ । तयस्तै क्यानडामा पनि युरोपियन राष्ट्रलाई भ्रमणको प्रक्रियामा झण्झटिलो भएको बताइन्छ ।
यसले गर्दा पनि भिसाको नियम सवै सदस्य राष्ट्रका लागि बराबर गर्ने उद्देश्यका साथ भिसा अनिवार्य गर्न लागिएको युरोपियन कमिसनका प्रवक्ता मिना एन्ड्रीभाले जानकारी दिए । एजेन्सि ।