काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९७ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १२ सय ६५ रुपैइाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १२ सय ८० रुपैयाँ पुगेको हो ।