बिजखबर संवाददाता
२९ मंसिर, काठमाडौं । सुनको भाउ साताको दोस्रो दिन १ सयले घटेको छ । आइतबार ५२ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबारको लागि छापावाला सुन प्रति तोलाको ५२ हजार २ सय रुपैया तोकेको छ ।
यसैगरी चाँदिमा भने ५ रुपैया घटेको छ । चाँदिको मुल्य प्रतितोला ७ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।