काठमाडौं । अपि पावर कम्पनी नुवाकोटमा त्रिशुली गल्छी जलविद्युत आयोजना बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित कम्पनीको विशेष साधाराणसभाले आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।
सिद्वकाली पावर लिमिटेडले विकास गरेको ७५ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि हकप्रदश शेयरबाट उठाएको रकम प्रयोग गर्ने निर्णय कम्पनीले गरेको छ । साथै कम्पनीले १ बराबर २ हकप्रद शेयर पारित पनि गरेको छ ।अपीले त्रिशुली गल्छी आयोजना निर्माण गर्न ८० प्रतिशत शेयर लगानी गर्नेछ । सो परियोजनाको कुल लागत १४ अर्ब करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।
आयोजनाका निर्माणको लागि लक्ष्मी बैंक लिमिटेडको अगुवाइमा सह(वित्तीयकरण अन्र्तगत कर्जा प्रवाह गर्ने सहमति भएको छ । कम्पनीका अनुसार आयोजनाको विद्युत खरिद बिक्री सम्झौताका लगि नेपाल विद्युत प्राधिकरण समक्ष आवेदन गरिसकेको छ ।
परियोजनाको विस्तृत डिजाइनको काम डिजाइन ग्रुप अफ इन्डियाले गरेको हो । कम्पनीले सुदुरपश्चिमाञ्चलको दार्चुलामा बहने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माणका लागि अनुमतिपत्र प्राप्त गरि काम गरिरहेको छ । अपर चमेलिया जलविद्युत आयोजनाको निर्माणको कुल लागत ७ अर्ब २० करोड हुने अनुमान छ ।
कम्पनीले निर्माण गरेको नौगडगाढ जलविद्युत आयोजनाको स्विच यार्डमा जोड्ने गरी ९सय ९० किलोवाट क्षमताको सोलार प्लान्ट जडान गर्न लागेको छ । यसका लागि १० करोड रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । अपि पावर कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७२र०७३मा १२ करोड खुद मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।