Logo

भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु,२०१६को डिसेम्वरसम्म सिध्याउने लक्ष्य

भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु,२०१६को डिसेम्वरसम्म सिध्याउने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको सम्पदाको पुन निर्माण शुरु भएको हो ।

जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम शुक्रबारदेखि थालनी गरिएको बताइएको छ ।

दत्तात्रयस्थित पुजारी मठमा जर्मन सरकारका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिका, पुरातत्व विभाग लगायतका प्रतिनिधिसहित सम्मिलित उक्त कार्यक्रममा पुनःनिर्माण कार्यको उद्घाटन गरिएको थियो ।

दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको पुनः निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको हो ।

जर्मन सरकारको एक अर्ब १९ करोड, नेपाल सरकारले २२ करोड र भक्तपुर नगरपालिकाको १० करोडको रूपैयाँ लगानीमा पुनःनिर्माण तथा जीर्णोद्धारको काम गरिने पुरातत्व विभाग राष्ट्रिय कला संग्राहलयकी प्रमुख अरुणा नकर्मीले बताइन् ।

जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनःनिर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने बताए।

आगामी २०१६ सालको डिसेम्बरसम्म सम्पदाको पुनःनिर्माण, जीर्णोद्धार र रेक्टोफिटिङको काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
MBL