Logo

कालो बजार तथा सजाय ऐन तत्काल सुधार गर्न माग, सरकार- निजी क्षेत्र सहकार्य आवश्यक

कालो बजार तथा सजाय ऐन तत्काल सुधार गर्न माग, सरकार- निजी क्षेत्र सहकार्य आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा संजाय ऐन २०३२ मा तत्काल सुधार गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार विद्यमान कालो बजार ऐनका चुनौति तथा समसामयिक सुधार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

नेपाल चेम्वर अफकमर्सद्वारा चेम्वर भवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे रक्षा सचिव नारायण गोपालमल गोले कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा संजाय ऐन २०३२ मा समय सापेक्ष गर्नु पर्ने संशोधन सम्वन्धमा छलफल गर्नु पर्ने बताए । उनले अपेक्षित सफलता हासिल गर्न सरकार निजी क्षेत्र सहकार्य हुनु पर्नेमा समेत जोड दिए ।

त्यस्तै सिमित उद्योग व्यवसायीको लापरवाहीले समग्र उद्योग व्यवसाय क्षेत्रमाआँचआउननहुने बताउंदै त्यस्ताव्यवसायीहरुको पहिचान गर्न स्वयं निजी क्षेत्र अग्रसर हुनु पर्ने बताए ।

सो अवसरमा नेपाल चेम्वर अफ कमर्सकाअध्यक्ष राजेश काजी श्रेष्ठले समय समयमा ऐनमा संशोधन भएतापनि समाज र समय सापेक्ष ऐन संशोधन नहुँदा समस्या देखिएको बताए ।

साथै निजी क्षेत्रका सुझाव बमोजिम कालो बजार ऐन लगायतआर्थिक ऐनहरु संसोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले सरकारले कतिपय बस्तुहरुमा तोकिएको मूल्यभन्दा बढी लिनु, कृतिम अभाव सृजनागर्नु, मिसावट गर्नु र कमसल सामानलाई असल भनी विक्री गर्नु कालो बजारीको परिभाषाभित्र पर्ने बताए ।

उनले अनुगमन कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रको सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा चेम्वरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिव देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे, सहकोषाध्यक्ष राजारत्न तुलाधर, कार्यसमिति सदस्य एवं विभिन्न बस्तुगत संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL