Logo

अब नेपाली च्यानलमै विश्वकप हेर्न पाईने, ग्राहकबाट अतिरिक्त शुल्क लिने बाटो खुल्यो

अब नेपाली च्यानलमै विश्वकप हेर्न पाईने, ग्राहकबाट अतिरिक्त शुल्क लिने बाटो खुल्यो



काठमाडौं । अब नेपाली दर्शकहरुले नेपाली टेलिभिजन च्यानलमै विश्वकप फुटबल २०२२ हेर्न पाउने भएका छन् । नेपालमा विश्वकप फुटबल प्रशारणका लागि मिडिया हवले मात्रै अनुमति पाएको छ । मिडिया हबले शुल्क तिरेर प्रशारण अनुमति पाएपछि प्रत्येक दर्शकसँग शुल्क लिनेगरी निर्णय गरेको थियो ।

तर, दुई अधिवक्ताले निशुल्क विश्वकप हेर्न पाउनुपर्ने भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यसमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल ईजलासले विश्वकप लाइभ देखाउने कुरालाई यथास्थीतिमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेश आज न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले खारेज गरेको हो । उक्त आदेश खारेज भएसँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्