काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हिजोको तुलनामा २ सय रुपैयाँले बढि हो । मंगलबार नेपाली बजारमा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको हो ।