Logo

आनको निर्वाचन पुस ३ गते, अध्यक्षमा रिजाल र श्रेष्ट भिड्दै

आनको निर्वाचन पुस ३ गते, अध्यक्षमा रिजाल र श्रेष्ट भिड्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२९ मंसिर, काठमाडौं । नेपाल विज्ञापन संघको १५ औं साधारण सभाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार रविन्द्र कुमार रिजाल र सन्तोष श्रेष्ठको भिड्न्त हुने भएको छ । आइतबार राजधानीमा यी दुइ प्यानले छुटा छुटै पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
रविन्द्र कुमार रिजाल (शशी) ले अध्यक्षमा उम्मेदवारी घोषणा गरे लगतै अध्यक्षका प्रत्यासी सन्तोष श्रेष्ठले पनि आफ्नो उम्मेदवारी प्यानलको घोषणा गरेका हुन् । आइतबार राजधानीमा छुटा छुटै पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेको हो ।
रिजालको प्यानलका उपाध्यक्षमा उजय शाक्य, महासचिव किरण गैरे, कोषाध्यक्षमा पिताम्बर पोखे्रल, सचिव धिरज लामिछाने, सहकोषाध्यक्षमा यमुना पौडेल रहेका छन् । यसैगरी कार्यकारी सदस्यहरुमा जीवन पोखरेल, रोशन प्शाई, खेम प्रसाद छतकुल्ली, मिनु राजभण्डारी र रमेश पुरी रहेका छन् ।
श्रेष्ठको प्यानलमा उपाध्यक्षमा मोहम्मद अख्तर, महासचिवमा नारायणकुमार श्रेष्ठ, कोषाध्यक्षमा यादव कुमार श्रेष्ठ, सचिवमा जिपी तिमल्सिना, सह–कोषाध्यक्ष शम्बु अधिकारी रहेका छन् । यसैगरी कार्यकारी सदस्यहरुमा पंकज प्रधान, मुना श्रेष्ठ, शालिकराम घिमिरे, शेखरराज कसजू, अनन्तकान्त मैनाली र गजेन्द्र कक्षपति रहेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष पदरमा उम्मेदबारी घोषणा गर्दै रविन्द्र कुमार रिजालले नयाँ सोच, नयाँ विचार, भिन्न शैली एवं विभिन्न विज्ञापन सहित सेमिना र तथा तालिम, मध्यस्थताको संवाह, बदलिदो विश्व सूचना प्रणालीसँगको सहकार्य एवं जानकारी नेपाली विज्ञापन व्यवसयालाई अन्तराष्ट्रियकरणको साथसाथै नेपाल विज्ञापन संघले सम्मान गर्ने बताए । रिजालको प्यानले “अबको आन हरेक विज्ञापन एजेन्सीको शान” भन्ने नारा सहित निर्वाचनमा होमिएको बताए ।
उत्ता श्रेष्ठले भने विज्ञापनको सृजनशिलतालाई उच्च महत्व दिंदै विज्ञापन संघका सम्पूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, बढ्दो संचार माध्यम र बढ्दो विज्ञापन बजारलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन ल्याउर्ने प्रतिबद्धता गरेका छन् । श्रेष्ठको प्यानले “अग्रजलाई सम्मान युवा पुस्तालाइ्र्र प्रोत्साहन सम्बृद्ध र शसक्त आन हामी सबैको पहिचान ” भन्ने मुल मन्त्रलाई आत्मासाथ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्