Logo

आईसीसी क्रिकेट लिगको टिकट इसेवाबाट, डट इसेवा डट कम डट एनपीमार्फत खरिद गर्न सकिने

आईसीसी क्रिकेट लिगको टिकट इसेवाबाट, डट इसेवा डट कम डट एनपीमार्फत खरिद गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको टिकट इसेवाबाट खरीद गर्न सकिने भएको छ । आगामी बैशाख ४ गते र ६ गते हुने नेपाल र नामिबियाबीच क्रिकेट को बिहीवारदेखि नै इसेवाले टिकट विक्री गर्न सुरु गरेको बताएको छ ।

आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पेप्रालिलाई नियुक्त गरेको हो । १ सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै टिकेट डट इसेवा डट कम डट एनपीमार्फत खरिद गर्न सक्नेछन् ।

त्यस्तै इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन, इसेवा पोइन्ट)  मा गइ अनलाइन टिकट खरिद गर्न सकिने बताइएको छ । इसेवाको उपत्यकामा मात्र करिब ५ हजार जोन, पोइन्ट रहेका छन् । इसेवाको नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् ।

कीर्तिपुर खेल मैदानको क्षमता सिमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने इसेवा फोन पे. प्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए । साथै नेपाल र नामिबिया बिचको खेलका लागि टिकट बिक्री वितरण एकदिन अगाबै बन्द हुने इसेवाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL