काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको हो ।