Logo

विकासलाई प्राथमिकता दिँदै एमालेको चुनावी घोषणापत्र सार्वजनिक, यस्तो छ पूर्णपाठ

विकासलाई प्राथमिकता दिँदै एमालेको चुनावी घोषणापत्र सार्वजनिक, यस्तो छ पूर्णपाठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा एक कार्यक्रम गर्दै पार्टीले डिजिटल प्रविधिबाट चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको उक्त घोषणापत्र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

एमालेले आफ्नो घोषणापत्रमा विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिँदै आगामी ५ बर्षका लागि २० संकल्प चयन गरेको छ । जसमा आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउनेदेखि सबै नागरिकको पहुँचमा विद्युत, इन्टरनेट, सिंचाईलगायतका सुविधा पुर्याउने घोषणा गरिएको छ ।

यस्तै उद्योगधन्दालाई विशेष प्राथमिकता दिएर अगाडी बढाउने, विकासमा प्रविधिको प्रयोगलाई बढावा दिनेलगायतका कामहरु घोषणापत्रमा अघि सारिएको छ ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्