नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पधी रामचन्द्र पौडेललाई पराजित गरेका हुन् ।
निर्वाचित देउवाले १ सय ३९ मत प्राप्त गरेका थिए भने पौडेलले ६७ मत मात्र प्राप्त गरे । देउवाले पौडेललाई ७२ मतको फराकिलो मातान्तरले पराजित गरेका हुन् ।
यस अघि भएको पार्टी सभापतिमा पनि पौडेललाई देउवाले नै हराएका थिए ।