Logo

भारतसँगको काउन्टरभेलिङ ड्युटी हटाउन माग,भारततर्फ पूर्वाधार तयार: राजदूत रे

भारतसँगको काउन्टरभेलिङ ड्युटी हटाउन माग,भारततर्फ पूर्वाधार तयार: राजदूत रे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले भारतसँग निकासीका क्रममा लाग्ने काउन्टरभेलिङ ड्युुटी खारेज गर्न आग्रह गरेको छ । मंगलवार भारतीय राजदूत रन्जित रेलगायत भारतीय दूतावासका उच्च अधिकारी र संघमा आबद्ध व्यवसायीबीच भएको अन्तरक्रियामा यस्तो आग्रह गरेका हुन् ।

सो अवसरमा उनीहरुले नेपाली वस्तुमा लगाउने काउन्टरभेलिङ ड्युटी खारेजी गर्न व्यवसायीले माग गरेका थिए । संघका अध्यक्ष रमेश गुप्ताले प्रधानमन्त्री केपी शार्मा ओलीको भारत भ्रमणका क्रममा दुई मुलुकबीच भएको सम्झौताबारे प्रस्ट पार्न पनि राजदूत रेलाई आग्रह गरे । साथै गुप्ताले काउन्टरभेलिङ ड्युटी खारेजीले नेपाली वस्तुको निकासी बढेर व्यापार सन्तुलनमा सहयोग पुग्ने बताए ।

कम्तीमा ५ देखि १० वर्षका लागि ड्युटी लगाउन नहुने अध्यक्ष गुप्ताको भनाइ थियो । साथै निकासीमा रहेको कोटा प्रणाली खारेज गर्न, तेस्रो मुलुकबाट आयात हुने बल्क कार्गोलाई जोगवनी(विराटनगर र सुनौली(भैरहवा नाकासम्म रेलबाट ओसार्ने सुविधा दिन पनि गरे ।

सो अवसरमा उनले कोलकाता र हल्दियाबाट रक्सौल र आइसिडी वीरगन्जसम्म सामान ओसार्ने रेलर्व याक नहुँदा ठूलो डेमरेज र डिटेन्सन चार्ज तिर्नुपरेको व्यवसायीको गुनासो छ ।

राजदूत रेले काउन्टरभेलिङ ड्युटीको मुद्दा निकै जटिल भएको भन्दै माथिल्लो निकायमा र्पुयाउने बताए । साथै नाकामा एकीकृत जाँच चौकी खडा गरे आयात(निर्यात व्यापारका धेरै समस्या सुल्झिने बताए ।

रेले भारततर्फ यसका लागि आवश्यक पूर्वाधार तयार भइसकेकोले नेपालतर्फ पनि तयार गर्न व्यवसायीले सरकारलाई घच्घच्याउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL