Logo

मिटरब्याजीविरुद्ध २ हजार ७४७ जनाको उजुरी, १९८ परिवार मिटरब्याजबाट मुक्त

मिटरब्याजीविरुद्ध २ हजार ७४७ जनाको उजुरी, १९८ परिवार मिटरब्याजबाट मुक्त



काठमाडौं । आईतबारसम्म विभिन्न जिल्लाका २ हजार ७ सय ४७ जनाले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गरेका छन् । गत भदौ २७ गतेसम्म २ हजार २ सय ८९ जनाले मात्रै दिएको यस्तो उजुरी २ महिनाकै अवधिमा बढ्दै २ हजार ७ सय ४७ पुगेको हो ।
साउन महिनामा विभिन्न जिल्लाका मिटरब्याजी पिडितहरु काठमाडौंमा आएर सडकमा धर्ना दिएपछि गृहमन्त्रालयले मिटरब्याज समन्धी समस्या समाधान गर्न समिति गठन गरेको थियो ।

सोही अनुसार समितिले देशभरका मिटरब्याजीलाई पायक पर्ने प्रशासन कार्यालयमा उजुरी गर्न आह्वान गरेको थियो भने मिटरब्याजीका समस्यासमेत समाधान गर्ने गरेको थियो ।

समितिले विभिन्न जिल्लामा पुगेर स्थलगत अध्ययन गर्ने, उजुरी लिने परेका उजुरीमाथि कारबाही अघि बढाई मेलमिलाप गराउने लगायतका कार्य गरी गृहमन्त्रालयलाई ३२ बुँदै प्रतिवेदनसमेत बुझाईसकेको छ ।

हालसम्म पनि उजुरी र उजुरीमाथी कारबाही गर्ने क्रम जारी रहेको समितिका संयोजक भिष्म कुमार भुसालले बताए । उनका अनुसार हालसम्म अर्थात आईतबारसम्म उजुरीमाथी कारबाही गरी १ सय ९८ मिटर ब्याजी पीडितलाई मिटरब्याज मुक्त गरिएको छ ।

समितिले मिटरब्याजको प्रकृति हेरेर ब्याज वा साँवा मिनाहा गर्ने, साहु र ऋणीबीच मेलमेलाप गर्नेलगायतका कार्य गरी पीडितलाई न्याय दिने गरेको छ । यदि मेलमिलाप नहुनेजस्तो प्रकृतिको भए कानुनअनुसार कारबाही अघि बढाउन गरिएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL