Logo

बैशाखदेखि नगर सूचना केन्द्रको स्थापना गरिदै,नेपाललाई चिनाउने पाठ्य सामग्रीहरु राख्ने

बैशाखदेखि नगर सूचना केन्द्रको स्थापना गरिदै,नेपाललाई चिनाउने पाठ्य सामग्रीहरु राख्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै विस्तार भएका नगरपालिकाभित्र नगर सूचना केन्द्रको स्थापना गर्ने भएको छ । गत बैशाखमा विस्तार भएका ७२ नगरपालिकाको हकमा बैशाख २५ र अन्यको हकमा बैशाख मसान्तभित्र केन्द्र स्थापना गर्ने निणर्य गरिएको हो ।

मन्त्रालयले सबै नगरपालिकाले कार्यालय परिसर वा नगरपालिकाको केन्द्र रहेको स्थान वा नगरबासीहरुकोे पायक पर्ने उपयुक्त स्थानमा नगरपालिका, जिल्ला विकास समिति, स्थानीय उद्योग वाणिज्य संघलगायतको सहयोगमा नगर सूचना केन्द्र तथा पुस्तकालय संचालनमा ल्याउन निर्देश्न दिएको छ । त्यस्तै सोको जानकारी स्थानीय संचारका माध्यम र सामाजिक परिचालक मार्फत नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च लगायत अन्य सामाजिक संघ संस्था तथा नागरिकहरुलाई गराउने ब्यवस्था मिलाउन नगरपालिकाहरुलाई निर्दिष्ट गरेको छ ।

मन्त्रालयले नगर सूचना केन्द्रमा साझा प्रकाशनसँग वा अन्य सम्बन्धित निकायसँग सहकार्य गरी नेपाली साहित्य, इतिहाँस, कला, संस्कृति आदि नेपाललाई परिचय गराउने पाठ्य सामग्रीहरु राख्ने निणर्य गरेको छ । त्यसैगरी नगरपालिकासँग सम्बन्धित ऐन, नियम, निर्देशिकाहरु, नगरपरिषद्का निर्णयहरु, नगरपालिकाका चालु कार्यक्रमहरु, नगरपालिकाको स्रोत नक्सालगायत सामग्री राखिने बताइएको छ ।

साथै, जिल्ला विकास समितिले नगरउन्मुख गाविसहरुमा माथि उल्लेख गरिएको जस्तै गाविस सूचना केन्द्रको स्थापना गर्न पहल गर्ने, जिल्ला भित्र रहेका नगरपालिकाहरुलाई नगर सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने सम्वन्धमा नगरपालिकाको माग बमोजिमको सहयोग उपलब्ध गराउन समेत जल्ला विकास समितिहरुलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL