Logo

अनामनगरको सार्वजनिक जग्गामा आकर्षक पार्क बनाइने, बजेट विनियोजन

अनामनगरको सार्वजनिक जग्गामा आकर्षक पार्क बनाइने, बजेट विनियोजन



काठमाडौं । काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए ।

राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान निर्माणस्थलको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले स्थलगत अनुगमन गरेका छन्। सो अवसरमा मन्त्री श्रेष्ठले बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमै आकर्षक उद्यान निर्माण गरिने जानकारी दिए ।

उद्यानको संरक्षण प्रहरी वृत्तले गर्ने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा महानगरपालिकाका विभिन्न स्थानमा अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षणको कामसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL