Logo

चौधरीलाई अलाविटी अफिसर विसाम पदक, नेपाल र मोरोक्को बीचको सम्वन्ध थप प्रगाढ

चौधरीलाई अलाविटी अफिसर विसाम पदक, नेपाल र मोरोक्को बीचको सम्वन्ध थप प्रगाढ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि मोरोक्को अधिराज्यका अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को प्रतिष्ठित पदक “अलाविटी अफिसर विसाम” द्वारा विभूषित भएका छन् ।

नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता ल्याएको तथा दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न सहयोग गरेको भन्दै उनलाई सो सम्मान दिइएको हो ।
आइतवार काठमाडौंमा सम्पन्न पदक विभूषण कार्यक्रममा उनलाई उपप्रधान तथा परराष्ट्र मन्त्री, कमल थापाले पदक दिएका थिए । सो अवसरमा मन्त्री थापाले नेपाल र मोरोक्को बीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता थप्न चौधरीले गरेको हर प्रयासबाट आफू अत्यन्तै प्रभावित भएको बताए ।

कार्यक्रममा चौधरीले नेपाल र मोरोक्को एक आपसमा भौगोलिक रुपमा निकै टाढा रहेता पनि दुबै राष्ट्रबीच सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । साथै मोरोक्को अधिराज्यका राजा मोहम्मद छैटौंको सवल र गतिशील नेतृत्वमा मोरोक्को अधिराज्यले गरेको प्रगति र आधुनिकिकरणको पनि प्रशंसा गरे ।

चौधरीले आफ्नो कार्यकालमा राजदूत लार्वी रिफोले पु¥याएको सहयोग र सद्भावप्रति पनि विशेष आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL