Logo

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुन, कतिमा कारोबार हुँदैछ ?

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुन, कतिमा कारोबार हुँदैछ ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १२ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL