काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा प्रतितोला १२ सय रूपैयाँको वृद्धि भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।