Logo

पुष्प मेलाको तेस्रो दिन, ४५ लाखको कारोवार, ४० हजारले गरे अवालोकन

पुष्प मेलाको तेस्रो दिन, ४५ लाखको कारोवार, ४० हजारले गरे अवालोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी १९ औं फ्लोरा एक्स्पोको तेस्रो दिन सम्ममा ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । विभिन्न किसिममका फुलहरुको उक्त प्रदर्शनीमा दर्शकहरुको भीड लागेको फ्लोरिकल्चर एशोसिएशन नेपालका कार्यबाहक अध्यक्ष दिलिप बादेले जानकारी दिए ।

उनका अनुसार एस्पोमा फुलको विक्री पनि राम्रो भएको छ । ३ दिनमा ४७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । मेलाको पहिलो दिन ७ लाख रुपैयाँ बरावरको कारोवार भएकोमा दोस्रो दिन १५ लाख र तेस्रो दिन २५ लाख रुपैयाँभन्दा बढीको कारोबार छ ।

flora-expo

मेलामा २५ रुपैयाँ देखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने बिभिन्न मौसमी फूल तथा बोट बिरुवाहरु राखिएको छ । मेलामा प्रशिद्ध बोधीचित्तको बिरुवाको माग बढी रहेको आयोजकले जानकारी दिएको छ ।

‘स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको मेलामा विभिन्न प्रकारका फूलहरु प्रर्दशीमा राखिएको छ । मेलामा मौसमी फूल, आलङकारिक बोटविरुवा, कटफलावर, ड्राई फलावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गाना, बीउविजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाईप्रविधि र विषाधीका प्रर्दशनी तथा विक्रि कक्ष राखिएको छ ।

मेला ६ वटा  अफिसियल स्टल, प्रतियोगितात्मक प्रर्दशनीका लागि ३, ल्यान्ड स्केपिङका लागि ४ र व्यवसायीक स्टल ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL