Logo

साइपालका च्यांग्रा पोखरामा : ‘यात्राको दुःख भनेर सम्भव छैन’

साइपालका च्यांग्रा पोखरामा : ‘यात्राको दुःख भनेर सम्भव छैन’



काठमाडौं ।आइतबार राति बझाङको साइपालबाट भेटारच्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट १७० च्यांग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा यही व्यापारमा निस्कन्छन् । तीनरचार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौंरपोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए ।

“बाटो–बाटोमा वनपखेरामा च्यांग्रा चराउँदै आउनुपर्छ,” उनले भने, “सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।” उनले पोखरालगायतका क्षेत्रमा च्यांग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताए ।

“एक लटमा ५०र६० लाख रुपैयाँसम्मको कारोबार पनि हुन्छ,” उनले भने, “दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ ।” उनले च्यांग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाए । उनले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्यांग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोगरअनुदान नरहेको दुखेसो पोखे ।

“थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्यांग्रा पोखरा लग्दैछु,” उनले भने, “साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन ।” उनले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिए ।

देवेन्द्रसँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडारच्यांग्रा पालनमा रहेको बताए । “समयमा पु¥याउन सके राम्रै खपत हुन्छ,” ५६ भेडा लिएर पोखरा हिँडेका उनले भने, “हामीअघि दुईरचार खेप च्यांग्रा साइपालबाट पोखरा पुगिसक्यो ।”

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीले दसैँमा भेडा च्यांग्राको व्यापार गर्न थालेको वर्षौँ भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्यांग्रा खरिद गरेर पोखरा, काठमाडौंलगायतका बजारमा बिक्री गर्नु उनको मौसमी व्यापार हो । हिमाली च्यांग्रा भित्रिसकेपछि दसैँको चहलपहल सुरू हुने पोखरा अहिले च्यांग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्यांग्रा अहिले खरिद बिक्री भइरहेका छन् ।

पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब ४०० को हाराहारीमा भेडारच्यांग्रा पोखरा पु¥याइसकेका छन् । उनको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्यांग्रा बिक्रीका लागि ओसारिसकेका छन् । “दसैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्यांग्रा बिक्री हुन्छ,” पूर्वअध्यक्ष धामीले भने, “बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।” फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुने उनले सुनाए ।

धामीका अनुसार साइपालमा एउटा भेडा च्यांग्राको मूल्य रु २० देखि २५ हजार पर्छ । “साइपालमा रु २०र२५ हजार पर्ने च्यांग्रा पोखरामा रु ४०र४५ हजार पर्छ”, उनले भने, “बिक्री भए मेहनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ ।” गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको सुनाए ।

गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्यांग्रा बिक्री नभएको बताए । अहिले धामीको टोलीले दार्चुलाबाट २२९ र बझाङबाट १६० भेडारच्यांग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडारच्यांग्रा पोखरा पुगेका छन् ।

साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्यांग्रा लिएर पोखरा पुगेका छन् । उनले पाखरामा आफूले ल्याएका च्यांग्रा बिक्री सुरु गरेको जानकारी दिए । “हिजो १६ च्यांग्रा बिक्री गरेँ,” उनले भने, “यसपटक दुई ट्रकमा च्यांग्रा लिएर पोखरा पुगेको छु ।” रासस

प्रतिक्रिया दिनुहोस्
MBL