Logo

आगामी आवको बजेटमा सुझाव दिन अर्थमन्त्रालयको आग्रह, बैशाख १५ सम्मको म्याद

आगामी आवको बजेटमा सुझाव दिन अर्थमन्त्रालयको आग्रह, बैशाख १५ सम्मको म्याद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटमा सुझाब दिन बैशाख १५ गतेसम्मको म्याद तोकेको छ । बजेटबारे सुझावका लागि सर्वसाधारण,नागरिक समाज एवं बुद्धिजीवीहरुलाई समेत आग्रह गरेको छ ।

अर्थमन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक वर्ष ०७३र७४ को बजेटमा समावेश गरिनुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेको हो ।

महाशाखाले अहिले बजेट तर्जुमा भइरहेको भन्दै बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रममा सुझाव दिन विभिन्न संघ संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी तथा आम नागरिकमा अनुरोध गरेको छ ।

इच्छुकले इमेल वा अन्य माध्यमबाट सुझाव पठाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL