Logo

महावाणिज्यदूतसँग परिसंघको छलफल, भिसा सरलीकरणका लागि पहल गरिदिन आग्रह

महावाणिज्यदूतसँग परिसंघको छलफल, भिसा सरलीकरणका लागि पहल गरिदिन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले तीन देशका महावाणिज्यदूतसँग विहिवार छलफल गरेको छ । परिसंघले कोलकोता, ल्हासा र हङकङका महावाणिज्यदूत एकनारायण अर्याल, गोविन्द कार्की र कमल भट्टराईसँग छलफल गरेको हो ।

सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले तीन देशका महावाणिज्यदूतको भूमिका महत्वपूर्ण रहेको बताए । साथै नवनियुक्त महावाणिज्यदूतले उद्योग, व्यवसाय र लगानी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।

शर्माले कोलकोता नेपालको आयात÷निर्यातको प्रमुख गन्तब्य भएकोले त्यहाँको झन्झटिलो प्रणाली सहज बनाउन आग्रह गरे । साथै व्यवसायीले हङकङमा आवात÷जावतका लागि भिसाको समस्या भएको बताउँदै भिसा सरलीकरणका लागि पहल गरिदिन आग्रह गरे ।

सो अवसरमा उनीहरुले महावाणिज्यदूतको कार्यालयमा छुट्टै व्यवसाय कक्ष स्थापनाको लागि आग्रह गरे । छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाल, सतिषकुमार मोर, गभर्निङ काउन्सिलका सदस्यहरु शशिकान्तअग्रवाल, योगेश्वर लालश्रेष्ठ, शिव रतन सारदा र राष्ट्रिय परिषदका सदस्यहरु रमेश गुप्ता, गुरु प्रसाद न्यौपाने र वर्षा श्रेष्ठको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL