Logo

कपाल र दाह्री काटेको शुल्क बढ्यो, कुनको कतिले बढ्यो (सूचीसहित)

कपाल र दाह्री काटेको शुल्क बढ्यो, कुनको कतिले बढ्यो (सूचीसहित)



काठमाडौं । काठमाडौं उपत्यका भरिका लागि सैलुनले लिदै आएको शुल्कमा वृद्धि गरिएको छ । नेपाल नाई संघको उपत्यका समितिले एक सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरेको हो ।

जसअनुसार कपाल काटेको शुल्कमा ५० रूपैयाँले बढेर २०० रुपैयाँ पुगेको छ । यसअघि कपाल काटेको शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL