Logo

१९औ पुष्प प्रर्दशनी शुरु, पुष्प व्यवसायमा आत्मनिर्भर बन्न मन्त्रीको आग्रह

१९औ पुष्प प्रर्दशनी शुरु, पुष्प व्यवसायमा आत्मनिर्भर बन्न मन्त्रीको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १९ औ पुष्पप्रर्दशनी बिहीबारदेखि शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको मेलाको कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले उद्घाटन गरे । सो अवसरमा उनले कृषि क्षेत्रको विकासको लागि पुष्प व्यवसायले महत्पुर्ण योगदान पुर्याउदै गएको बताए ।

साथै पुष्प व्यवसाय प्रर्वद्धन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बजार विस्तार गर्नका लागि यसको पर्याप्त सम्भावना रहेको जानकारी दिए । ‘पुष्प व्यापारबाट पनि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ’उनले भने ‘पुष्प व्यवसायमा देशलाई आत्म निर्भर बनाऔं ।’ मन्त्री गजुरेलले कृषि क्षेत्रका अन्य उपजहरुसँगै पुष्प उत्पादनमा पनि बृद्धि गर्नुपर्ने मन्त्रालयको योजना रहेको जानकारी दिए ।

कृषि सचिव उत्तमकुमार भट्टराईले पुष्पको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले पुष्प व्यवसायको प्रवद्र्धन गर्न सरकारले कृषिका अन्य क्षेत्रजस्तै बैंकबाट सहुलियत दरमा ऋण तथा बीमा उपलव्ध गराउनुपर्ने बताइन । साथै पुष्प व्यवसायमार्फत स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्ने बताइन ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले पुष्पमहत्वसवले मुलुकको आन्तरिक उत्पादनलाई प्रोत्साहनगर्नुका साथै अन्तराष्ट्रिय बजारलाई पनिविस्तार सघाउ पु¥याउने बताए ।

फ्लोरिकल्चर एशोसिएसनका नेपाल(फयान)का कार्यबाहक अध्यक्ष दिलिपबादेले पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उदेश्यका साथ मेला आयोजना गरिएको बताए । स्थानीय उत्पादनले पुष्पव्यवसाय आत्मनिर्भर बन्दै गएकाले जनशक्ति र पुर्वाधारको कमी ले गर्दा अन्तराष्ट्रिय बजार विस्तार गर्न नसकिएको बताए ।

मेलामा विभिन्न प्रकारका फूलहरु प्रर्दशीमा राखिएको छ । मेलामामौसमीफूल, आलङकारिक बोटविरुवा, कटफलावर, ड्राई फलावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गाना, बीउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथाथोपासिचाईप्रविधि र विषाधी काप्रर्दशनीतथाविक्रिकक्ष राखिएको छ । मेला ६ वटा अफिसियल स्टल, प्रतियोगितात्मकप्रर्दशनीकालागि ३, ल्यान्ड स्केपिङकालागि ४ र व्यवसायकि स्टल ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ ।

मेलामा ६० लाख रुपैयाँको कारोबार र ६५ हजार हजारले अवलोकनगर्ने आयोजकको अनुमान छ ।

यसैबीच उद्घाटनको अवसरमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्ड स्केप,उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङकारिक विरुवा, उत्कृष्ट फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृट कट फलावर रोज, उत्कृष्ट कट फलावर कार्नेसन, उत्कृष्ट कलफलावर जर्वेरा, उत्कृष्ट ग्लाडिओलय लाई सम्मानतथाकदर पत्रवितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्