Logo

अब गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य चाहिने, विभागले निकाल्यो यस्तो सूचना

अब गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य चाहिने, विभागले निकाल्यो यस्तो सूचना



काठमाडौं । अब चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा प्यान नम्बर (स्थायी लेखा नम्बर) चाहिने भएको छ ।

आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने उल्लेख गरेो छ ।

विभागले प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको हो । यसैगरि चालु आवको बजेटमा उल्लेख भए अनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियमसमेत कार्यान्वयन गर्न विभागले सूचित गरेको छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्
MBL