Logo

जापान उडेको वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या, इमरजेन्सी ल्यान्डिङ

जापान उडेको वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या, इमरजेन्सी ल्यान्डिङ



काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि इमरजेन्सी ल्याण्ड गरिएको छ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएको हो ।

विमानको कार्गो बक्समा समस्या आएको सूचना पाइलटले पाएपछि विमान उडेको पुनः त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ल्याण्ड गरिएको नागरिक उड्डउन प्राधिकरण त्रिभुवन विमान स्थलका अपरेसन विभागका निर्देशक टेकनाथ सिटौलाले जानकारी दिए ।

कार्गो समान राख्ने ठाउँबाट धुवाँ आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ । अहिले विमानको प्राविधिक परिक्षण भइरहेको सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL