Logo

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, नेपाल फर्किदा बिमानस्थलबाटै पक्राउ गरिने

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, नेपाल फर्किदा बिमानस्थलबाटै पक्राउ गरिने



काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । जबर्जस्ती करणीमा उजुरी परेसँगै उनलाई कालोसूचीमा राख्न प्रहरीले विभागलाई पत्राचार गरेको थियो ।

पत्राचारपछि विभागले उनलाई कालोसूचीमा राखेको हो । सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी छन् ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । राष्ट्रिय टोलीसँगै टी–ट्वान्टी खेल्न केन्या पुगेका सन्दीप उतैबाट सेन्ट लुसिया पुगेका थिए । विभागको कालोसूचीमा परेसँगै लामिछाने बिमानस्थलबाटै पक्राउ पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL