Logo

नामार्जुन जलविद्युत् आयोजनामा ६ओटा बैंकको लगानी, निर्माण शुरु गरेको ३० महिनामा सक्ने लक्ष्य

नामार्जुन जलविद्युत् आयोजनामा ६ओटा बैंकको लगानी, निर्माण शुरु गरेको ३० महिनामा सक्ने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छवटा बैंकले लगानी गर्ने भएका छन् । हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्न लागेका हुन् ।

कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रमुख कार्यकारी अधिकृत सुधीर यादवले जानकारी दिए।

दूरसञ्चार सेवा प्रदायक एनसेलमा कार्यरत कर्मचारीको ४० प्रतिशत लगानी रहेको सो आयोजनाको कुल लागत रु एक अर्ब ८७ करोडमध्ये ३० प्रतिशत स्वलगानी तथा बाँकी ७० प्रतिशत विभिन्न बैंकको लगानी रहेको छ ।

१२ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य थालनी भएको तीस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL