काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषदलाई १० दिनभित्र बहाल कर तिर्न अल्टिमेटम दिएको छ । बिहीबार २ संस्थाको नाममा पत्र काट्दै १० दिनभित्र सम्पुर्ण बहाल कर तिर्न निर्देशन दिएको हो ।
हालसम्म सम्बन्धित वडा कार्यालयहरुले पटकपटक ताकेता गर्दा पनि उक्त ३ संस्थाले हालसम्म बहालकर तिरेका थिएनन् ।
सोही अनुसार महानगरपालिकाले बिहीबार पत्र काट्दै सम्पुर्ण विवरणसहित बहाल कर तिर्न निर्देशन दिएको हो । यसरी बहालकर भनेको समयमा नतिरे सरकारी बाँकी सरह उठाउने महानगरपालिकाले चेतावनी दिएको छ ।
