Logo

पुनर्निर्माण अभियानले गति नलिएकोमा प्रमको आपत्ति, जनतालाई दैनिक अपडेट गराउन आग्रह

पुनर्निर्माण अभियानले गति नलिएकोमा प्रमको आपत्ति, जनतालाई दैनिक अपडेट गराउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण अभियानले गति लिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार पुनर्निर्माण सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘जुन उत्साहका साथ पुनर्निर्माण महाअभियानको शुरुवात भएको थियो त्यस अनुरुप काम हुन सकेन ।’

सम्बन्धित नियाहरुले पुनर्निर्माण सम्बन्धी अभियानलाई अघि बढाउन नसकेको भन्दै त्यसतर्फ ध्यान केन्द्रित गरेका थिए । साथै, सो काम अघि नबढ्नुमा आफु पनि एउटा दोषी भएको उनले जानकारी गराए । ‘पुनर्निर्माण प्राधिकरणको म आफैले अध्यक्षता गरिरहेको छु,’ उनले भने, ‘तर, काम अघि बढ्न सकेको छैन ।’ त्यसको भागिदार आफु पनि भएको उनको भनाइ थियो ।

पुननिर्माण महाअभियान अन्तरगत शुरु गरिएका काम समेत अघि बढाउन नसकेको भन्दै आलोचना गरेका थिए । सरकारले माघ २ गते रानीपोखरी लागयातका स्थानको पुनर्निर्माण शुरु गरेको थियो । तर, अहिलेसम्म पनि काम अघि बढाउन नसकेको भन्दै तत्काल अघि बढाउन निर्देशन दिए ।

पुनर्निर्माणको प्रत्येक दिनको कामबारे जनतालाई जानकारी दिन प्राधिकरणका अधिकारीहरुलाई उनले निर्देशन दिएका छन् । ‘पुनर्निर्माणमा अनियमितता र भ्रष्टाचार स्वीकार्य हुँदैन,’ उनले भने, ‘तसर्थ जनतालाई हरेक दिनको कामको वारेमा जानकारी गराउन संचार माध्यमलाई प्रयोग गर्नुहोस ।’ साथै, प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह आएको हावाहुरीले भूकम्प पीडित जनता थप मर्कामा परेको भन्दै उनले दुःख व्यक्त गरे ।

पुनर्निर्माण सम्बन्धी गोष्ठीमा भूकम्प प्रभावित जिल्लाका स्थानीय विकास अधिकारीहरु, पुनर्निर्माण प्राधिकरण लगायतका कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL