Logo

तरलता समस्या र उच्च व्याजदरले थिचिएका लगानीकर्तामा नयाँ स्टक र ब्रोकरको खबरले पनि ल्याएन उत्साह

तरलता समस्या र उच्च व्याजदरले थिचिएका लगानीकर्तामा नयाँ स्टक र ब्रोकरको खबरले पनि ल्याएन उत्साह



काठमाडौं । समयसापेक्ष परिवर्तन भैरहेन सरकारी नीति नियम, उच्च व्याजदर र तरलता समस्याबाट ग्रसित लगानीकर्तालाई नयाँ स्टक एक्स्चेञ्ज र नयाँ ब्रोकर लाईसेन्स दिने निर्णयले पनि कुनै उत्साह ल्याउन सकेन । ब्रोकरबाट मार्जिन लेण्डिङ, नयाँ ब्रोकर तथा नयाँ स्टक एक्स्चेञ्ज थप्न माग गर्दै आएको लगानीकर्ताहरु सरकारले उक्त व्यवस्था गरिदिँदा पनि उत्साहित बन्न सकेनन् ।

सरकारले माग अनुरुप नयाँ स्टक ब्रोकर तथा थप नयाँ स्टक एक्स्चेञ्जको लाईसेन्स दिने सम्बन्धमा मंगलबार गरेको निर्णय बिहीबार बाहिरिएको थियो । केही समययता लगातार ओरालो लागेको बजार उक्त निर्णयसँगै केही उचालिन खोजेको थियो । तर केही लगानीकर्ताले बजार उचाल्न खोज्दा सोहीअनुरुप सेलिङ प्रेसर आउँदा अन्तरमा बजार घटेर बन्द हुन पुगेको छ ।

बिहीबार बजार सामान्य अर्थात २.१३ अंकले घट्न पुग्यो । जसमा बजारलाई लिड गर्दै आएका बैंकिङ, जीवन बीमा लगायतका समुहको परिसुचक घट्न पुग्यो । घट्दो बजारमा व्यापार, माईक्रोफाइनान्स, उत्पादमुलकजस्ता क्षेत्रका परिसुचक ओरालो लागेका छन् । तर बजारमा जलविद्युत, विकास बैंक, फाइनान्स, निर्जीवन बीमालगायतका परिसुचकहरु उकालो लागेका छन् ।

घटेर बन्द भएको बजारमा कारोबार रकममा भने अघिल्ला दिनको तुलनामा सामान्य सुधार आएको छ । अघिल्ला दिनको तुलनामा केही सुधार आएपनि बिहीबार १ अर्ब ४ करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । जसमा २२७ कम्पनीको ३४ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL