अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट ४ जना विदेशी नागरिक र चालक दलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा भएक छन् । इजिप्ट एयरले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार अपहरणकारीसँग वार्ता गरी सबै ५२ यात्रुलाई रिहा गरिएको हो ।
विमानका एक यात्रीको शरीरमा विष्फोटक पदार्थ रहेको दावी गर्दै बिमानलाई साइप्रसमा जबर्जस्ती अवतरण गराएको उक्त फ्लाइटका क्याप्टेन अमर अल गमालले बताएका छन् ।
विमानमा कति अपहरणकारी छन् भन्ने तथ्यांक भने आइसकेको छैन । इजिप्ट एयरका अनुसार विमानमा ५६ यात्रु र ७ जना चालक दलका सदस्य छन्। विमान इजिप्टको अलेग्जेन्ड्राबाट राजधानी कायेरो तर्फ उडेको थियो। अपहरण कसले र कुन प्रयोजनका निम्ति गरेको हो भन्ने बारे बाहिर थाहा हुन सकेको छैन। एजेन्सि