काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घटेर प्रतितोला ९३ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला ११ सय १० रुपैयाँ पुगेको हो ।