काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १७ संस्थाका नाममा सम्पत्ति कर तिर्न निर्देशन दिँदै पत्र पठाएको छ । मंगलबार महानगरपालिकाले नेपाल चेम्बर अफ कमर्स, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय नाचघर, मनमोहन मेडिकल कलेज, रञ्जना ट्रेड सेन्टरलगायत १७ संस्थाका नाममा पत्र लेखेको हो ।
महानगरले उक्त संस्थाहरुको नाममा १० दिनभित्र महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर बुझाउन निर्देशन दिईएको छ । यसरी उक्त संस्थाहरुले महानगरपालिकालाई कर नबुझाए सरकारी बाँकी सरह उठाउने समेत महानगरले जानकारी दिएको छ ।
यस्तो छ पत्र :
