Logo

दैनिक ३५ किलो सुन उपलब्ध गराउन माग, कालिगढ नहुँदा व्यवसाय धरापमा

दैनिक ३५ किलो सुन उपलब्ध गराउन माग, कालिगढ नहुँदा व्यवसाय धरापमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । महासंघले विवाह, ब्रतवन्धको सिजनमा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुन चाँदीको आवश्यकता पर्ने भन्दै माग गरेको हो । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आइएको छ।

सोमवार महासंघको तेस्रो साधारणसभामा अध्यक्ष मणिरत्न शाक्यले सो मागलाई पुनः उठान गरेका हुन् ।

साथै सरकारले सो माग पूरा नगर्दा बजारमा सुनको कालोबजारी, गुणस्तरमा समस्या र राजस्व चुहावट हुने गरेको बताए । उनले सुनको कलात्मक गहना बनाउने कालिगढको अभाव, ग्यास तथा बिजुलीको अभाव, गरगहना निर्दे्शिका जारी नहुनु, निर्यातको कठिनाइ, यान्त्रिकीकरणको समस्याले सुनचाँदी धरापमा परेको दुुःखेसो पोखे ।

सो अवसरमा नेपाल रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सरकार र सुनचाँदी व्यवसायी महासंघ नेपाल हस्तकला महासँग र रत्न आभूषण महासंघबीच विसं २०७० वैशाख १३ गते भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

सो सहमतिमा गरगहना निर्दे्शिका १५ दिनभित्र जारी गर्ने रहेको थियो तर दुईवर्ष बित्नलाग्दा पनि निर्दे्शिका जारी हुन सकेको छैन।  नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्यले सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासङ्घ र नेपाल रत्न आभूषण महासंघ मिलेर आगामी जेठ ७, ८ र ९ गते अन्तरराष्ट्रिय हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए।

नेपाली सुनचाँदी व्यवसायीले बेलायत, अमेरिका, जापान, भारत, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तार गरिसेकका छन्।

साधारणसभामा आपूर्तिमन्त्री गणेशमान पुनले आर्थिक मेरुदण्डका रुपमा रहेको सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL