Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य समान्य रुपमा वृद्धि भएको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL