Logo

७ क्यासिनोलाई महानगरको ७ दिने अल्टिमेटम, मनोरञ्जन कर तिर्न ताकेता

७ क्यासिनोलाई महानगरको ७ दिने अल्टिमेटम, मनोरञ्जन कर तिर्न ताकेता



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा संचालित विभिन्न ७ क्यासिनोलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको हो । आईतबार ७ क्यासिनाको नाममा पत्र लेख्दै महानगरपालिकाले ७ दिनभित्र महानगरपालिकालाई कर तिर्नका लागि अल्टिमेटम दिएको हो ।

महानगरपालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याट, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ, अलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर तिर्न ताकेता गरेको हो । उक्त क्यासिनोले आर्थिक बर्ष २०७५/७६ देखि नै महानगरलाई बुझाउनुपर्ने मनोरञ्जन कर नतिरेको पत्रमा उल्लेख छ ।

महानगरपालिकाको पटकपटकको ताकेता पछि पनि उक्त क्यासिनोहरुले कर नतिरेपछि महानगरले पत्र लेखेको हो । उक्त अवधिभित्र कर नतिरे सरकारी बाँकीसरह बाँकी कर असुल उपर गरिने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL