Logo

‘इनभिजनिङ नेपाल २०३०’ सम्मेलन शुरु, गरिवी हटाउन उच्च आर्थिक बृद्धि आवश्यक

‘इनभिजनिङ नेपाल २०३०’ सम्मेलन शुरु, गरिवी हटाउन उच्च आर्थिक बृद्धि आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा ‘इनभिजनिङ नेपाल २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतवार होटल सोल्टिमा जारी सम्मेलन राष्ट्रिय योजना आयोग र एशियाली विकास बैंकको सहकार्यमा भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले सहि समयमा यसप्रकारको सम्मेलन भएको भन्दै आयोजकलाई धन्यवाद दिए । साथै सम्मेलनले दिगो विकाशको रणनीतितर्फ अघि बढ्ने बारे सन्देश दिने विश्वास व्यक्त गरे ।

सो अवसरमा उनले पूर्वाधारहरुको विकास गरि नेपाललाई जतिसक्दो चाँडो अतिकम विकसित राष्ट्रको सूचीबाट हटाउनुपर्ने बताए ।  ओलिले सरकार विद्युतको माग पुरा गर्न लागि परेको जानकारी दिए । ‘आगामी २ बर्षभित्र लोडसेडिङ हटाउने उद्देश्य राखिएको छ,’ उनले भने ‘सोही अनुरुप काम गर्न वैकल्पिक उर्जालाई प्राथमिकता दिन सरकार गृहकार्य गर्दै छ ।’

त्यस्तै भुकम्प पीडितलाई राहत वितरणका लागि काम तिव्र रुपमा गरिरहेको समेत प्रम ओलिले जानकारी दिए ।

त्यसैगरी हाल कार्वन कम गर्ने तथा विकासका गतिविधि बढाउने काम भइरहेको छ । उनका अनुसार २०२२ सम्ममा अतिकम विकसित राष्ट्रको सूचीबाट हट्न दिर्घकालिन कृषि अपरिहार्य रहेको बताए ।

सो अवसरमा अर्थमन्त्री विष्णु पौडेलले योजनाबद्द विकासको ६० बर्षमा १३ ओटा योजना तर्जुमा गरी कार्यन्वयन गरेको जानकारी दिए । तर ती योजना सन्तोसजनक नरहेको भन्दै नयाँ योजना कार्यन्वयन आवरुश्यक रहेको औल्याए ।

कार्यक्रममा उनले यसप्रकारको सेमिनारले योजना तर्जुमा तथा कार्यन्वयनमा समेत सहयोग पुर्याउने बताएको छ । त्यस्तै प्राकृतिक स्रोत तथा सम्पदाको प्रयोगबाट विकास गर्न सकिने समेत उनले बताए । त्यस्तै कृषि,सेवालगायतबाट आर्थिक बृद्धि भेट्न सक्ने बताए ।

आगामी ५ बर्षमा ७ देखि ८ प्रतिसम्मको आर्थिक बृद्धि आवश्यक भएको बताए । साथै २०३० सम्ममा निरपेक्ष गरिवी एकोहोरो अंकमा झार्नुपर्ने चुनौती रहेको समेत जानकारी दिए ।

उनले आगामी दिनहरुमा सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिनुपर्ने बताए । त्यस्तै सरकारी संयन्त्रलाई सेवामुखी बनाउन अवश्यक रहेको बताए । त्यस्तै विकासका लागि आन्तरिक वित्तिय स्रोत मात्र पर्याप्त नहुने भएकोले द्धिपक्षीय वा त्रिपक्षिय सहयोग आवश्यक भएको औलयाए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  तथा पूर्व गर्भनर युवराज खतिवडाले २०३० सम्म गरिवी हटाउन उच्च आर्थिक विकास आवश्यक रहेको जानकारी दिए । २०३० सम्म गरिवी निराकरण गर्न विश्वव्यापि दिर्घकालिन विकास अंगिकार गर्नुपनर्छ ।

त्यस्तै पहिलाका गल्तिहरुबाट पाठ सिकि आर्थिक बृद्धि तिर लाग्नुपर्ने बताए । कार्यक्रममा खतिवडाले तिव्र विकास कसरी गर्न सकिन्छ भन्ने छिमेकी राष्ट्रसंग सिक्नुपर्ने बताए । साथै वित्तिय स्रोतहरुको बृद्धि तर्फ पनि ध्यान दिनु आवश्यक रहेको औल्याए ।

प्रतिक्रिया दिनुहोस्
MBL