Logo

अन्तरराष्ट्रिय सिमा नाकाको ३ किलोमिटर भित्र क्यासिनो संचालन गर्न नपाईने, एक संचालकले एउटामात्रै क्यासिनो संचालन गर्न पाउने

अन्तरराष्ट्रिय सिमा नाकाको ३ किलोमिटर भित्र क्यासिनो संचालन गर्न नपाईने, एक संचालकले एउटामात्रै क्यासिनो संचालन गर्न पाउने



काठमाडौं । सरकारले अन्तरराष्ट्रिय सिमानाकाको ३ किलोमिटर क्षेत्रभित्र क्यासिनो संचालन गर्न नदिने बताएको छ । पर्यटन ऐन २०३७ मा संशोधन गर्न बनेको विधेयकमा यस्ता व्यवस्था प्रस्ताव गरिएको हो । कुनै संचालकले उक्त सिमाभित्र क्यासिनो संचालनका लागि प्रस्ताव पेश गरेको उक्त प्रस्ताव नै रद्ध हुने बताईएको हो । यस्तै क्यासिनो संचालक अपराधिक मुद्धामा परेको भएमा धार्मिक क्षेत्र आसपास क्यासिनो संचालनको प्रस्ताव आएमा पनि प्रस्ताव रद्ध हुने बताईएको छ ।

सरकारले क्यासिनो संचालनका लागि आवश्यक पूर्वधार तथा योग्यता जाँच गरेर मात्रै लाइसेन्स दिनेगरी ऐन संशोधन गर्न लागेको हो । यस्तै क्यासिनो संचालन गर्ने लाइसेन्स पाएको संचालकले एकभन्दा बढी क्यासिनो संचालन गर्न नपाईने भएको छ । यदि एकभन्दा बढी ठाउँमा क्यासिनो संचालन भएको खण्डमा ६ महिनाभित्रै एउटा मात्रै क्यासिनो रोजी अर्काे क्यासिनो बन्द गर्नुपर्ने बताईएको छ ।

यस्तै कुनै कम्पनीले क्यासिनोको अनुमतिपत्र पाएमा त्यस्तो अनुमतिपत्र कुनै हिसावले वा तरिकाले पनि अन्य व्यक्ति वा संस्थालाई दिन नपाईने ऐनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL