Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर ९३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL