Logo

एनबी इन्स्योरेन्सको थप २ शाखा विस्तार, कृषि बीमा प्राथमिकतामा

एनबी इन्स्योरेन्सको थप २ शाखा विस्तार, कृषि बीमा प्राथमिकतामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनबी इन्स्योरेन्सले थप २ शाखा विस्तार गरेको छ । कम्पनीले सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिकामा १३ औं र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा १४ औं शाखा विस्तार गरेको एनबी इन्स्योरेन्सका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ती दुवै शाखाको बीमा संस्थानका अध्यक्ष फत्तबहादुर केसीले उद्घाटन गरेका थिए ।

विशेषगरी कृषि बीमालाई केन्द्रित गरी शाखा विस्तार गरिएको उनले जानकारी दिए । ‘पछिल्लो समय सरकारले कृषि बीमालाई उच्च प्राथमिकता दिँदै आएको छ,’ पौडेलले भने, ‘सोही अनुरुप एनबीले पनि स्थानीय स्तरका कृषिलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप कृषि बीमा लाई नै प्राथमिकता दिएको छ ।’

यसैगरी, सोलुखुम्बु क्षेत्र पर्यटकीय हिसावले पनि आकर्षक गन्तव्य भएकाले पर्यटन बीमालाई पनि प्राथमिकतामा राखेको छ । त्यस क्षेत्रका होटल व्यवसाय तथा अन्य किसिमका बीमालाई प्राथमिकता राखेको अध्यक्ष पौडेलले जानकारी दिए । साथै, एनबीले सवै किसिमका निर्जीवन बीमा गराउने छ ।

प्रतिक्रिया दिनुहोस्