Logo

असोज १ देखि सुपथ मूल्य पसल संचालन हुने, कुन वस्तुमा कति पाईनेछ छुट ?

असोज १ देखि सुपथ मूल्य पसल संचालन हुने, कुन वस्तुमा कति पाईनेछ छुट ?



काठमाडौं । दशैं तिहार र छठपर्वलाई मध्यनजर गर्दै सरकारले आगामी असोज १ देखि विभिन्न स्थानमा सुपथ मुल्य पसल संचालनमा ल्याउने भएको छ । काठमाडौं बाहिर ४० जिल्लाका ३९ स्थानमा र काठमाडौ उपत्यकाका विभिन्न स्थानमा दैनिक खाद्यान्नमा विशेष छुट दिनेगरी उक्त पसल संचालनमा ल्याउने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।

सहुलियत पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आटा, नुन, पनिर, घ्यु, जिउँदा खसी बोका र च्यांग्रा लगायतका वस्तु विक्रीमा हुनेछन् । यी वस्तुहरुमा उपभोक्ताले छट पर्वसम्मै अर्थात असोज १ देखि ४५ दिनसम्म वस्तुअनुसार २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाउनेछन् ।

जसअनुसार काठमाडौं उपत्यकामा सञ्चालन हुने सुपथ मूल्य पसलमा चामल, दाल, आँटा, मैदा, चिउर र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा ७ रुपैयाँ छुट पाइने छ । यस्तै कर्णालीको सीमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी,बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ ।

नुन किलोमा २ रुपैयाँ, घिउ किलोमा ५० रुपैयाँ, पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइने छ । यस्तै घटस्थापनादेखि तिहारसम्म दही प्रतिलिटरमा १० रुपैयाँ छुट पाइने पनि मन्त्रलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL