काठमाडौं । काठमाडौं फनपार्क कम्पनीले काठमाडौं महानगरपालिकालाई १७ लाख ३७ हजार रुपैयाँ कर बुझाएको छ ।बुधबार महानगरपालिकाले कम्पनीलाई पत्र काट्दै २४ घण्टाभित्र कर नतिरे कम्पनीले संचालन गरिरहेको फनपार्क शिलवन्दी गरिदिने चेतावनीपछि कम्पनीले महानगरपालिकालाई कुर बुझाएको हो ।
समाज कल्याण परिषदको स्वामित्वमा रहेको क्षेत्रमा कम्पनीले विभिन्न खेलकुदका संरचनाहरु बनाएर फनपार्क संचालन गर्दै आईरहेको छ । तर, कम्पनीले पछिल्लो ७ बर्षदेखि महानगरपालिका र सम्बन्धित वडा कार्यालयलाई कर तिरेको थिएन् । कॉग्रेस पूर्वमन्त्री टेकबहादुर गरूङको उक्त कम्पनीले बिहीबार महानगरपालिकालाई कर तिरेको महानगर स्रोतले बतायो ।