काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दिल्लीबाट आएको जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि उडान बन्द भएको छ ।
जेटको जहाजमा बम राखिएको हल्ला आएपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्ययले जानकारी दिए । बमको हल्ला पछि जहाज भित्र रहेका यात्रुलाई सकुसल उद्दार गरिएको उनले बताए । जेट एयरवेजको बोइङ ७३७- ८ ए एल जहाजमा बमको हल्ला भएको हो।
विमानस्थलमा उडान अवतरण बन्द भएपछि नेपाल भित्रने धेरैजसो विमानहरु काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर डाइभर्ट भएका छन् ।
त्यस्तै आन्तरिक उडानका विमानहरुले उडानको दैनिक तालिका स्थगित गरको बताइएको छ ।