Logo

प्रम ओली स्वदेश फिर्ता, भन्छन् ‘यातायात र पारवाहन सम्झौताले आर्थिक विकासको ढोका खोलेको छ ’

प्रम ओली स्वदेश फिर्ता, भन्छन् ‘यातायात र पारवाहन सम्झौताले आर्थिक विकासको ढोका खोलेको छ ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । ओली सवार हिमालयन एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलील चीन भ्रमण सफल भएको बताएका छन् । साथै चीनसँग भएको पारवहन र यातायात सम्झौताले नेपालको आर्थिक विकासको ढोका खोलेको ओलीले जानकारी दिए । ‘चीनसँग पारवहन र यातायात सम्झौता भयो’ उनले ‘यो नेपालको आर्थिक विकासको लागि नयाँ कदम हो ।’

प्रम ओलीले दुवै छिमेकीसँग सम्वन्ध राम्रो बनाउने सरकारको नीति भएकोले भारत र चीनसँग नेपालको सम्बन्ध तुलना गर्न नकिल्ने समेत बताए । उनले भने ‘नेपालका लागि दुबै देश बराबर छन्, कसैसँग तुलना गर्न मिल्दैन ।’

ओली गत चैत ७ गते जम्बो टोलि सहित चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL