Logo

फनपार्क शिलवन्दी गर्ने बालेनको चेतावनी, २४ घण्टाभित्र ७ बर्षको कर तिर्न निर्देशन

फनपार्क शिलवन्दी गर्ने बालेनको चेतावनी, २४ घण्टाभित्र ७ बर्षको कर तिर्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गस्थित काठमाडौं फनपार्कलाई शिलवन्दी गर्ने चेतावनी दिएको छ । काठमाडौं फनपार्क प्रालिले पछिल्लो ७ बर्षदेखि उक्त स्थानमा फनपार्क चलाउँदै आएपनि ७ बर्षदेखि कर तिरेको छैन ।

हानगरपालिकाले बुधबार कम्पनीको नाममा एक पत्राचार गर्दै २४ घण्टाभित्र कर नतिरे फनपार्कमा शिलवन्दी गर्ने चेतावनी दिएको हो ।

समाज कल्याण परिषदको स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क कम्पनीले विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL