Logo

प्रम ओली स्वदेश फर्किदै, प्रधानसेनापती क्षेत्री औपचारिक भ्रमणका लागि आजै चीन जाने

प्रम ओली स्वदेश फर्किदै, प्रधानसेनापती क्षेत्री औपचारिक भ्रमणका लागि आजै चीन जाने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली आइतवार स्वदेश फर्कदै छन् । उनी १ हप्ताको चीन भ्रमण सकाएर आज स्वदेश फर्कन लागेका हुन् । त्यस्तै यता प्रधानसेनापति राजेन्द्र क्षेत्री आजै चीन भ्रमणमा जाँदैछन्।

चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा औपचारिक भ्रमणका लागि क्षेत्री चीन प्रस्थान गर्न लागेका हुन्। उनी नेपाली सेनाको प्रमुखको जिम्मेवारी सम्हालेपछिको पहिलो पटक चीन भ्रमण गर्न लागेका हुन् ।

चीन भ्रमणका लागि प्रधानसेनापति क्षत्री आइतबार चीनको छेन्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जानकारी दिएको छ । प्रधानसेनापति क्षत्रीले चीन यात्रामा रहँदा त्यहाँको विभिन्न सैनिक संरचनाबारे स्थलगत जानकारी लिनुका साथै उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानसेनापतिका साथमा श्रीमती रीता क्षत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापालगायत जादैछन् । प्रधानसेनापति क्षत्रीसहितको उच्चस्तरीय सैनिक टोली चीनको साताव्यापी भ्रमण पूरा गरेर यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL