Logo

पून निर्माणका लागि प्राधिकरणको अख्तियारी, स्थानीय विकास मन्त्रालयलाई रू. २६ करोड

पून निर्माणका लागि प्राधिकरणको अख्तियारी, स्थानीय विकास मन्त्रालयलाई रू. २६ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चालु आर्थिक बर्षमा पुनःनिर्माणका लागि विभिन्न मन्त्रालय अन्र्तगत गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र निकायलाई बजेटको अख्तियारी दिएको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त अख्तियारी रू. ६५ अर्ब मध्येबाट प्राधिकरणले निजी आवास पुनःनिर्माणका अतिरिक्त अन्य क्षेत्र तथा निकाय मार्फत पुनःनिर्माणमा बजेट खर्च गर्ने गरी अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई रू. ६० करोड, शिक्षा मन्त्रालयलाई विद्यालय पुनःनिर्माण लगायतमा रू. दुई अर्ब १९ करोड ५० लाख अख्तियारी दिएको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्पदा पुनःनिर्माण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि रू. ३९ करोड ६२ लाखको अख्तियारी पठाएको बताइएको छ ।

यस्तै शहरी विकास मन्त्रालयलाई रू. ३६ करोड ५९ लाख, कृषि विकास मन्त्रालयलाई रू. पाँच करोड १३ लाख र सडक विभागलाई रू. ६६ करोड ५० लाख २६ हजारको अख्तियारी दिइएको छ ।

यसअघि निजी आवास पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय विकास मन्त्रालयलाई रू. २६ करोड ५० लाखको अख्तियारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL